जापानमा शक्तिशाली भूकम्प

डिसी नेपाल
३० कार्तिक २०७९ ६:४४
556
Shares

टोकियो। जापानमा शक्तिशाली भूकम्प गएको छ। सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ।

भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.