एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक हुन् : अध्यक्ष थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा अध्यक्ष कमल थापाले नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट नभएको बताएका छन्।
मंगलबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरुले केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको भन्दै अहिलेको अवस्थामा पात्र, दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान नहुने धारणा राखे।
त्यस्तै उनले देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेस भ्रष्ट व्यवस्थाका संवाहक भएको भन्दै उनले भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त गराउन उनीहरुबाट सम्भव नरहेको बताए।
उनले भने,‘भ्रष्ट व्यवस्था र शासकबाट देशलाई मुक्त तुल्याउने कार्य देशका प्रमुख भनिने राजनीतिक दल एमाले र कांग्रेसबाट सम्भव छैन्। किनकी उनीहरु नै यो भ्रष्ट व्यवस्थाका संवाहक हुन्। भ्रष्ट शासकको रुपमा उनीहरु परिचित छन्। नयाँ भनिएका राजनीतिक शक्तिहरुको वैचारिक आधार स्पष्ट छैन्। उनीहरु केवल पात्र परिवर्तनको कुरा मात्र गरिरहेको छन्। अहिलेको अवस्थामा पात्र दल वा अनुहार मात्र परिर्वन गरेर देशको संकट समाधान हुँदैन्। पात्र मात्र होईन् बाटो नै परिवर्तन गर्नुपर्छ।’
त्यस्तै उनले देशले अभिलम्व गर्दै आएको वैचारिक अवधारणा र मार्गचित्रमा सुधार गर्न आवश्यक रहेको भन्दै त्यो सुधार गर्न सक्ने राष्ट्रवादीको निर्माण राप्रपा र राप्रपा नेपालको एकताबाट हुने दाबी गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment