चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

डिसी नेपाल
३० कार्तिक २०७९ १२:२४
220
Shares

काठमाडौं। राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ। बुधबा बिहान ११ बजेतिर सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो।

मन्त्री श्रेष्ठका स्वकीय सचिव मदन राईका अनुसार सडकमा रोकिराखेको गाडीमा स्कुटर र मोटरसाइकलमा आएका ५/६ जनाको समूहमा रहेकाहरूले तोडफोड गरेका हुन्। गाडीका सिसा सबै फुटाइएको छ।

गाडी तोडफोड गर्नेहरूको प्रहरीले अनुसन्धान सुरु गरेको राईले न्युज कारखानालाई बताए । श्रेष्ठ चितवन २ मा श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.