१३.४० अंकले बढ्यो नेप्से, म्युचुअल फण्ड र व्यापारबाहेक सबै हरियाली
काठमाडौँ। साताको कारोबार चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.४० अंकले बढेर १९११.२६ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८६ अङ्कले घटेर ३७६.५७ मा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको २४ लाख ९५ हजार ६१२ कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोड ९४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमारिडी पावर कम्पनी शीर्ष स्थानमा छ। यसको आज ६ करोड ३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड र व्यापार उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा सिक्लेस हाइड्रोपावर र गणपति लघुवित्तका लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, जनउत्थान सामुदायिक लघुवित्त र सबको लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment