माओवादी नेता यादवलाई २४ घण्टे स्पष्टीकरण, कारवाही गर्ने धम्की
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता शीवपूजन रायलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।
पार्टीले समर्थन गरेको गठबन्धनको उम्मेद्वारको विरोधमा स्वतन्त्र उम्मेद्वारको पक्षमा प्रचार गरेको भन्दै सो पार्टीले कात्तिक ३० गते २४ घण्टे स्पष्टीकरण पत्र पठाएको हो।
पार्टीका मधेश प्रदेश इन्चार्ज गणेश साहले हस्ताक्षर गरेको पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिई अनुशासनको कारवाही गर्ने धम्की पनि दिइएको छ ।
तर, उम्मेद्वारी दर्ता र फिर्ता लिने समयदेखि नै असन्तुष्ट बनेका शिवपूजनलाई कारवाहीका लागि स्पष्टीकरण सोध्न पार्टीले ढिलाइ गरेकोमा स्थानीय कांग्रेस नेताहरु माओवादी अध्यक्ष प्रचण्डसंग रुष्ट छन् ।
कारवाही गरेर पार्टीबाट निकाले उनको चुनावमा प्रभाव कम हुने थियो तर पार्टीको केन्द्रीय नेता बनाइराख्ने नियतले चुनावको मुखमा आएरमात्र स्पष्टीकरण सोधिएकोले यसको केही अर्थ छैन, एक असन्तुष्ट कांग्रेस नेताले डिसी नेपालसंग भने । तर, माओवादीले भने ढिलै भए पनि कारवाही गर्ने नै हिसावले स्पष्टीकरण सोधेको दावी गरेको छ।
(हेर्नुहोस् पत्र)

सर्लाही जिल्लाबाट केन्द्रीय कमिटीमा ल्याइएका शिवपूजन रायकी पत्नी मिना यादव माओवादीको समानुपातिक लिष्टमा महिलातर्फ १ नम्बरमा नाम परेकी उम्मेद्वार हुन्।
पत्नीलाई दिएपछि पतिलाई टिकट नदिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्लाही क्षेत्र नं ४ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेका थिए । गठबन्धनबाट सो क्षेत्रमा नेपाली कांग्रेसका नागेन्द्र राय यादवले टिकट पाएका छन्।
पत्नीको नाम परे पनि आफूलाई टिकट नदिएको भन्दै शिवपूजनले आफ्नी छोरी मधुवालाकुमारी यादवलाई स्वतन्त्रबाट चुनाव उठाएका छन् । छोरीलाई नै उम्मेद्वार बनाएपछि उम्मेद्वारी फिर्ता गराउन प्रचण्ड स्वयंले दवाव दिएको भए पनि शिवपूजनले मानेनन्।
अहिले उनी आफ्नी छोरीको मुख्य प्रचारकका रुपमा सो क्षेत्रमा खटिएका छन्। उनले यो क्षेत्रमा आफ्नी छोरीका अलावा सर्लाहीका अरु क्षेत्रमा कांग्रेस र माओवादीका प्रदेश सभाका उम्मेद्वारहरु बिरुद्ध आफ्ना भतिजाहरुलाई पनि चुनावमा उठाएका छन्।
शिवपूजनका कारण सर्लाहीको माओवादी पार्टीमा भांडभैलो भएको छ । यो क्रममा पार्टीले मधेश प्रदेश कमिटीका सदस्य भरतकुमार थापा र रमेश बुढाथोकी कमललाई पनि स्वतन्त्र उम्मेद्वारहरुको प्रचारमा हिडेको र पार्टीको समर्थन रहेको उम्मेद्वारको प्रचार नगरेकोमा २४ घण्टे स्पष्टीकरण सोधिएको छ।









डिसी नेपाल








Facebook Comment