कांग्रेस बिपीले लमजुङमा सत्ता गठबन्धनलाई बहिस्कार गर्ने

डिसी नेपाल
१ मंसिर २०७९ ९:३२
176
Shares

लमजुङ। नेपाली कांग्रेस बीपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई लमजुङमा बहिस्कारको घोषणा गरेको छ।

कांग्रेसले आफ्नो मूल्य र मान्यताविपरीतका दलसँग सत्ता प्राप्तिका लागि माओवादीसँग गठबन्धन गरेको भन्दै कांग्रेस बीपीले गठबन्धमा सहभागी नभएको बेंसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी स्पष्ट पारेको हो।

कांग्रेस बिपीबाट उम्मेवार बनेपनि व्यक्तिगत स्वार्थका लागि उमेदवारले उम्मेदवारी निस्क्रिय गरेको दाबी गरिएको छ । करुवा चिन्हको उमेदवारी कायम रहेको बिपी कांग्रेसले जनाएको छ।

कांग्रेस बिपीका अध्यक्ष तेजनारायण अधिकारीले आमनिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई बहिष्कार गरी कांग्रेस बिपीको करुवा चिन्हमा छाप लगाएर सत्य र न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.