मानुषीलाई राप्रपा नेपालको समर्थन

डिसी नेपाल
१ मंसिर २०७९ १५:३७
124
Shares

काठमाडौं । राप्रपा नेपालबाट काठमाडौं– ७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् ।

नेपाल समाजवादीकी नेता मानुषी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी छिन् ।

श्रेष्ठ कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.