राष्ट्रपतिका अंगरक्षक भइसकेका जर्नेल सेनापतिको सैनिक सहायकमा सरुवा
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको अंगरक्षक भइसकेका नेपाली सेनाका जर्नेललाई प्रधानसेनातिको सैनिक सहायक बनाइएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी बिष्णु खड्कालाई आफ्नो सहायकको रुपमा हालै सरुवा गरेका हुन्। सेनापतिको कार्यालयमा एउटा सचिवालय हुन्छ भने अर्को सैनिक सहायक(मिलिटरी एसिस्ट्याण्ट) को कार्यालय हुन्छ।
सैनिक सहायक (एमए) बनाइएका खड्का राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख अंगरक्षक भइसकेका जर्नेल हुन्। हाल उनी नेपाली सेनाको एक नम्बर बाहिनी, बालाजुका बाहिनीपतिका रुपमा कार्यरत छन्।
हालका सैनिक सहायक सहायक रथी चोक ढकालले भने संयुक्त राष्ट्र संघको अर्को एक उच्च पदमा नियुक्ति पाएका छन्।
समाचारअनुसार, ढकालले युएनले डाइरेक्टर लेवल अर्थात् डी वान तहमा प्रतिष्पर्धाबाट नियुक्ति पाएका छन्। उनले पाएको युएनको नियुक्तिअनुसार गोलानहाइटको अनडोफ मिसनको युएन कार्यालयमा काम गर्नुपर्नेछ।
यसअघि सेनापति शर्माले पश्चिम क्षेत्रका कमाण्डर बावुराम श्रेष्ठलाई सरुवा गरी सैनिक तालिम महानिर्देशनालयको महानिर्देशक बनाएका थिए भने पश्चिम कमाण्डरमा उपरथी दीपक बानियाँलाई सरुवा गरिएको थियो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सहायक रथी चोक ढकालले युएनले डाइरेक्टर लेवल अर्थात् डी वान तहमा प्रतिष्पर्धाबाट नियुक्ति पाएको बताए। ‘उहाँ मिसनमा तैनाथ भइसक्नु भएको छैन, भिसा प्रोसेस लगायतका काम भइरहेका छन्,’ सहायक सथी सिलवालले डिसी नेपालसँग भने।







डिसी नेपाल








Facebook Comment