निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको आह्वान

डिसी नेपाल
३ मंसिर २०७९ १६:४१
8
Shares

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन् । उनले आज एक सन्देश जारी गर्दै मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.