गोरखा- २ का उम्मेदवार प्रचण्ड भोट हाल्न चितवन पुगे

डिसी नेपाल
३ मंसिर २०७९ १७:३१
384
Shares

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट हाल्न नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् । उनी आज अपरान्ह भरतपुर पुगेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘चितवन जिल्ला निर्वाचन क्षेत्र नं ३ शिवनगरस्थित मतदान केन्द्रमा भोलि मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष प्रचण्ड अपरान्ह चितवनको भरतपुर विमानस्थल अवतरण हुनुभएको छ ।’

अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रचण्ड यसपाली गोरखा -२ बाट उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.