निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

डिसी नेपाल
४ मंसिर २०७९ ६:५८
32
Shares

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गरेका छन्। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ।

‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा आ-आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ,’ उनले शुभकामना सन्देशमा भनेका छन्।

निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावराण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास गर्ने उनले बताएका छन्।

‘निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आम सञ्चारलगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ थपलियाले भनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.