प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धमाधम मतदान (फाेटाेफिचर)

डिसी नेपाल
४ मंसिर २०७९ ७:४८
40
Shares

कामठाडाैं। काठमाडाैं। मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो।

मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन्।  अहिले सभामुख अग्नि सापकाेटा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, एमाले सचिव लेखराज भट्ट, ठाकुर गैरेलगायतले मतदान गरेका छन्।

मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ। मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.