परिवार दलका अध्यक्ष एकनाथ ढकालद्वारा गोरखामा मतदान
गोरखा। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नम्बर ८ स्थित श्री जागेश्वर माविको मतदान केन्द्रमा मतदान गरेका छन्।
नेता ढकाल नेकपा एमालेसँगको तालमेलमा सुर्य चिन्ह लिएर प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार समेत रहेका छन्।
ढकालले मतदान पश्चात प्रतिक्रिया दिँदै आबधिक निर्बाचनले लोकतन्त्र बलियो बनाउने र आम नागरिकमा राज्य प्रतिको अपनत्व विकास हुने हुँदा सम्पूर्ण योग्य नागरिकहरुले मतदान प्रक्रियामा सहभागी हुनुपर्छ भने।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment