काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग

डिसी नेपाल
४ मंसिर २०७९ ११:२९
48
Shares

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ।

आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ। उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौंसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हुने जानकारी दिएका हुन्।

हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.