काठमाडौं उपत्यकालगायत देशैभरी मतगणना सुरु, घन्टी आक्रामक
काठमाडौं। आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभरि नै हुने भएको छ। देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमवारवाट मत गणनाको कार्य हुँदैछ।
साथै, आइतवार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ।
काठमाडौं उपत्यका भित्र काठमाडौं-७, भक्तपुर-२, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ।
कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने ललितपुर-२ मा एमालेलाई पछयाउँदै आएको छ। प्रारम्भिक मतगणनामा स्वतन्त्र पार्टीको घन्टी आक्रमक रुपमा देखिएको छ।
उता, कास्की-२, मुस्ताङलगायतमा मतगणना सुरु भएको छ।







डिसी नेपाल








Facebook Comment