रुपन्देही-२ मा ११ बजेदेखि मतगणना सुरु हुँदै

डिसी नेपाल
५ मंसिर २०७९ ८:३६
56
Shares

बुटवल। रुपन्देही क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ।

यसअघि माओवादीका प्रतिनिधिले विवाद सुरु गरेपछि रातिदेखि सुरु गर्ने भनिएको मतगणना रोकिएको थियो। सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ। क्षेत्र नम्बर ५ मा मतगणना गर्नका लागि सर्वदलीय बैठक बसिरहेको छ। बैठकले मतगणनाबारे निर्णय गर्ने छ । रुपन्देही ३ र ४ मा ९ बजेबाट मतगणना सुरु गर्ने तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.