काठमाडौं १ मा कांग्रेसको अग्रता कायमै, घण्टीले सूर्यलाई उछिन्यो
काठमाडौं । काठमाडौ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायमै छ । यसअघि राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएकोमा सिंहले कमब्याक गरेका हुन् ।
पछिल्लो गणनाअनुसार यहाँ कांग्रेसका प्रकाशमान सिंहले ८१८ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले ७३६ मत पाएका छन् । एमालेका किरण पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले उछिनेका छन् । बमले ५२७ मत पाएका छन् । एमालेका पौडेलले ४९६ मत पाएका छन् । सुशासन पार्टीका रमेश खरेलले ३५७ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment