भक्तपुर २ : अग्रता बढाउँदैं कांग्रेसका थापा
भक्तपुर। भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मत परिणामअनुसार थापाले नौ हजार नौ सय २५ मत प्राप्त गरेका छन्। उनले निकतम प्रतिस्पर्धी नेकपा (एमाले)का महेश बस्नेतलाई नौ सय ६३ मतले अग्रता लिएका हुन्।
पछिल्लो मत परिणामअनुसार एमालेका बस्नेतले नौ हजार २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बताए। त्यसैगरी नेमकिपाका अनुराधा थापामगर दुई हजार सात सय ६३ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले एक हजार आठ सय १७ मतका साथ चौथो र राप्रपाका मोहन केसी एक हजार ६५ मतका साथ पाँचौं स्थानमा छन्।
भक्तपुर २ मा ९१ हजार नौ सय ११ मतमध्ये ६५ हजार नौ सय १९ मत खसेको थियो। सो मध्ये २५ हजार पाँच सय ७२ मत गणना भएको छ। हालसम्म आठ सय २५ मत बदर भएको निर्वाचन अधिकृत पराजुलीले बताए।







डिसी नेपाल







Facebook Comment