पछि परे झलनाथ खनाल, बस्नेतले अग्रता बढाउँदै
फाइल फोटो
काठमाडौं। ०५६ साल बाहेकका सबै चुनावमा जित निकाल्दै आएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई एमालेका महेश बस्नेतले फराकिलो मतान्तरले पछि पारेका छन्।
पछिल्लो मत परिणाम अनुसार इलामा क्षेत्र नम्बर-१ मा एमालेका महेश बस्नेतले ८ हजार ५७ मतले अग्रता दिइरहँदा खनालले ६ हजार ६ सय ५९ मतसहित दोस्रो स्थानमा छन्।
यसअघि एमालेबाट चुनाव जित्दै आएका खनालले एमाले विभाजित गरेर गठन भएको एकीकृत समाजवादीबाट चुनाव लडेका हुन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment