देउवाले सातौं पटक जिते सांसद, छैठौं प्रधानमन्त्री बन्न भने चुनौती

डिसी नेपाल
७ मंसिर २०७९ ६:५१
616
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट भारी मतान्तरसहित विजय हासिल गरेका छन्। उनको यो सातौं विजय हो। २०४८ सालदेखि उनी लगातार सबै निर्वाचनमा डडेल्धुराबाट जित्दै आएका छन्।

यसपटक उनलाई गुल्मीमा जन्मेका युवा सागर ढकालले चुनौती दिएका थिए। तर, ढकालको केही लागेन। देउवाले २५ हजार ५ सय ३४ पाएका छन् भने निकटतम प्रतिष्पर्धी ढकालले १३ हजार ४२ मत पाएका छन्।

संसदमा सातौंपल्ट विजयी भएका देउवाका लागि पुन प्रधानमन्त्री बन्न भने निकै ठूलो चुनौती देखिएको छ। सत्ता गठबन्धनका अन्य दलहरुको कमजोर अवस्था र राष्ट्रिय स्वतन्त्र पार्टीको अकस्मातको दह्रो उपस्थिति देखिएपछि देउवासहित सत्ता गठबन्धनलाई भावी सरकार निर्माणमा सकस पर्ने देखिएको छ।
अब फेरि प्रधानमन्त्री बन्न सफल भए भने संख्याको हिसावले देउवा छैठौंपल्ट प्रधानमन्त्री बन्नेछन्। तर, काठमाडौं ५ मा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेललाई दह्रो मतान्तरसहित हराएका पार्टी महामन्त्री गगनकुमार थापालाई बधाई दिने बेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट नै भावी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन्।

शर्मा स्वयं पनि झापाबाट विजयोन्मुख छन्। दुई युवा महामन्त्रीहरुले देउवालाई चुनौती दिने भएकाले सातौंपल्ट संसदमा जिते पनि छैठौं प्रधानमन्त्री हुन भने देउवालाई निकै मुस्किल पर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.