रुपन्देही-४ ‘क’ मा लोसपाका कन्हैया विजयी

डिसी नेपाल
७ मंसिर २०७९ ७:४३
172
Shares

भैरहवा। लोकतान्त्रिक समाजवादी पार्टीले रुपन्देहीको क्षेत्र नम्बर ४ ‘क’ बाट प्रदेश सभामा खाता खोलेको छ। कन्हैया बनिया १५ हजार १३७ मतसहित प्रदेशसभामा निर्वाचित भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २५३ मत प्राप्त गरे। कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएका छन्। निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार ३८९ मतदाता रहेकोमा ३५ हजार ५७७ मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.