बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
७ मंसिर २०७९ ९:१०
164
Shares

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ घटेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३७ पैसा र बिक्रीदर १३० रुपैयाँ ९७ पैसा रहेको छ। मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७० पैसा कायम भएको छ भने सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९६ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीमा ९ रुपैयाँ २७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.