बुधबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
७ मंसिर २०७९ ९:१०

काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ घटेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३७ पैसा र बिक्रीदर १३० रुपैयाँ ९७ पैसा रहेको छ। मंगलबार अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको थियो।

युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा छ भने अष्ट्रेलियन डलर खरिद ८७ रुपैयाँ र बिक्रीमा ८७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७० पैसा कायम भएको छ भने सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९६ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीमा ९ रुपैयाँ २७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *