बागलुङ १ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी

डिसी नेपाल
७ मंसिर २०७९ ११:३९
200
Shares

बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन्। सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ८ बजेसम्म हालसम्म ३० हजार एक सय ४६ मत गणना सकिएको छ।

जसमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार चार सय मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का डा सूर्यप्रसाद पाठकले १० हजार आठ सय ८२ मतका साथ पछ्याइरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाँच हजार दुई सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले चार सय २९, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले ५५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले एक सय २५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए। हालसम्म एक हजार ३४ मत बदर भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.