लमजुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

डिसी नेपाल
७ मंसिर २०७९ २१:२७

लमजुङ । पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ । यसअघि ३०८ मतले मात्र अघि रहेकोमा पछिल्लो सार्वजनिक मत परिणामअनुसार एक हजार पाँच सय २० मतले उनी अघि रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।

कार्यालयका अनुसार आज साँझ साढे सात बजेसम्ममा ६१ हजार एक सय छ मत गणना गर्दा पृथ्वीसुब्बाले २६ हजार दुई सय २८ मत र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले २४ हजार सात सय आठ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार चार सय ८४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार दिउँसो पौने तीन बजेदेखि सुरु गरिएको मतगणनामा हालसम्म पृथ्वीसुब्बालाई देवप्रसादले भेटाउन सकेका छैनन् ।

जिल्लामा आठ पालिकामध्ये छ पालिकामा मग गणना सम्पन्न भइसकेको छ । यतिबेला मस्र्याङ्दी गाउँपालिका र बेँसीसहर नगरपालिकाको मत गणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.