गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं झण्डै १३ हजार मतले अगाडि

डिसी नेपाल
७ मंसिर २०७९ २१:४३
100
Shares

गोरखा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाई ले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

अहिलेसम्म गणना भएको कूल ४२ हजार एक सय २७ मतमा बजगाईंले २४ हजार तीन सय मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बजगाईंसँग प्रतिस्पर्धामा रहनुभएका नेकपा (एमाले) का उम्मेदवार रामशरण बस्नेतले ११ हजार तीन सय २१ मत प्राप्त गरेका छन्। एमालेका बस्नेत कांग्रेसका बजगाइभन्दा १२ हजार नौ सय ७९ मतले पछाडि परेका हुन् ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार एक सय ४० मत प्राप्त गरेको छ भने मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीले पाँच सय ३८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ । बिहीबार बिहानसम्म क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अनुमान गरिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.