अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी
अर्घाखाँची । अर्घाखाँचीबाट नेकपा(एमाले)का सचिव टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा कांग्रेसकी भुसालले ४० हजार ९ सय ४५ ल्याएकी छन् ।
०६४ सालदेखि अर्घाखाँचीबाट निरन्तर जित हासिल गर्दै आएका रायमाझीको यो चौथो जित हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment