गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी
गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी भएका छन् । भर्खर सम्पन्न मतगणनामा उनले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गरेका हुन् ।
सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गरेका छन् ।
बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् । विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाईं पराजित भएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment