विरोध खतिवडालाई पराजित गर्दै मकवानपुर-२ मा एमालेका महेश बर्तौला विजयी

डिसी नेपाल
८ मंसिर २०७९ ७:०९
784
Shares

काठमाडाैं। नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित भएका छन्।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन्। बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गरे।

यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ। २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहेकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान विजयी भइन्छ भने २ को ‘२’ मा नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित भएका छन्।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ। १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहेकि छन् भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै छन्।

हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ। यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ। क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी भएका छन्।

संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य थिए। त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.