दैलेखमा-२ कांग्रेसका दिक्पाल शाही विजयी
दैलेख। दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन्। शाही २० हजार एक सय ५८ मतले विजयी भए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीप्रसाद पोख्रेलले २० हजार पाँच झिनो मत प्राप्त गरी पराजित भए। प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका दिक्पाल शाही पहिलो पटक निर्वाचनमा उत्रिएका थिए।
शाहीले नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा र सामाजिक सङ्घ, संस्थामा रहेर काम गर्दै आएका छन्। यो प्रतिनिधिसभामा ४७ हजार एक सय ९४ मत खसेको थियो। कूल मतमध्ये २७ सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment