लमजुङबाट प्रदेशसभा १ मा कांग्रेसका गुरुङ निर्वाचित
लमजुङ। लमजुङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन्।
गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन्। गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा साहले १ हजार १८, मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङले ४५६ मत र जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङले ११५ मत पाएकी छिन्।
प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment