अर्घाखाँचीबाट लगातार चौथोपटक रायमाझी निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ ८:५४
108
Shares

अर्घाखाँची। अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता टोप बहादुर रायमाझी निर्वाचित भएका छन् । राति अवेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६ सय ७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

रायमाझी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरिन भने राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरे ।

एमालेका केन्द्रीय सचिव समेत रहेमा नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । प्रतिनिघि सभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामा समेत जित हात पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.