ललितपुरबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ ८:५२
184
Shares

ललितपुर। ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी भएकी छन्।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन्।

खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.