कैलाली-१ : उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित
काठमाडौं। प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित नजिक पुगेकी छिन्।
कैलाली १ मा उनले गणना हुन बाँकी मत भन्दा धेरै मतान्तरले अग्रता लिएपछि जीतनजिक पुगेकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन्। उनीहरु बीचको मतान्तर १० हजार ४३७ रहेको छ।
टीकापुर घटनामा दोषी ठहर भई हाल जेल जीवन बिताईरहेका पूर्व साँसद रेशमलाल चौधरीकी श्रीमती समेत रहेकी श्रेष्ठ सो पार्टीकी अध्यक्ष हुन भने चौधरी काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment