रूपन्देही-२ काे १ बाट पूर्वमन्त्री लिला गिरी विजयी
भैरहवा। रूपन्देहीकाे क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट नेकपा एमालेका लिला गिरी विजयी भएका छन्। लुम्बिनी प्रदेश सरकारको मन्त्रीकाे पद सम्हालेका गिरी १७ हजार ६३२ मतसहित विजयी भएका हुन्।
उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ७३५ मतले पराजित गरेका हुन्। केसीले १४ हजार ८ सय ९७ मत प्राप्त गरेका छन्।
६३ हजार ५ सय ३ मतदाता रहेकाे प्रदेश सभा १ मा २ हजार २ सय ५४ मत बदर भएकाे छ भने ३८ हजार ५ सय २६ मत सदर भएकाे छ। विजयी भए पनि औपचारिक घाेषणा सबै मतगणना सकिएपछि गरिने निर्वाचन अधिकृतकाे कार्यलयले जानकारी दिएकाे छ।
निर्वाचित गिरी लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री दाबेदारको रुपमा चर्चामा रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment