समानुपातिकमा एमालेको मत ५ लाख माथि, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

डिसी नेपाल
८ मंसिर २०७९ १०:४०
2.1k
Shares

काठमाडौं। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतगणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ। बिहीबार बिहान साढे १० बजेसम्मको अपडेटअनुसार एमालेको मत ५ लाख माथि पुगेको छ।

एमालेले कूल ५ लाख १४ हजार ९८६ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले ४ लाख ७६ हजार १४३ मत पाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ६३ हजार ९२९ मत पाएको छ। माओवादीले २ लाख ३६ हजार १६७, राप्रपाले १ लाख ३७ हजार २२६, जसपाले ५७ हजार २८६ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.