भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल भारी मतान्तरसहित विजयी
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवालले भक्तपुर क्षेत्र नम्बर १ मा भारी मतान्तरसहित निर्वाचित भएका छन् ।
सुवालले ४२ हजार ७२१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment