मकवानपुर १ मा अन्तिम चरणमा अग्रता उल्टियो, सुरुदेखि तेस्रो रहेका राप्रपाका सिंह एक्कासी पहिलो

डिसी नेपाल
८ मंसिर २०७९ ११:३३
6.5k
Shares

काठमाडौं । मकवानपुर १ मा अन्तिम चरणमा अप्रत्याशित रुपमा अग्रता उल्टिएको छ । यहाँ मत गणनाको सुरुदेखि तेस्रो रहेका राप्रपाका दिपक सिंह एक्कासी पहिलो स्थानमा आएका छन् ।

पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् । सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।

नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २२ हजार ६५८ मत पाएका छन् । अब हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ र १० को मत गन्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.