भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – नवनिर्वाचित सांसद थापा

डिसी नेपाल
८ मंसिर २०७९ १३:०१
112
Shares

भक्तपुर। भक्तपुर क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा, स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउएका छन्।

थापाले निर्वाचित भएलगत्तै एक प्रेस विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि सबैको साझा भएकाले सबै मतदतालाई आगामी दिनमा निष्पक्ष रही सेवा गर्ने र भक्तपुरको शिक्षा, स्वास्थ्य र समग्र विकास प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

उहाँले संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने मूल ऐजेण्डालाई अनुमोदन गरेकामा भक्तपुरका आम मतदातालाई धन्यवादसमेत दिएका छन्।

“मङ्सिर ४ गते सम्पन्न निर्वाचनमार्फत संविधानको रक्षा र परिवर्तनलाई संस्थागत गर्दै सम्मुनत नेपाल बनाउने हाम्रो मूल एजेण्डालाई आफ्नो मतबाट अनुमोदन गर्दै लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनुभएकामा सबै मतदातामा हार्दिक आभार व्यक्त गर्दछु”, विज्ञप्तिमा उल्लेख छ।

थापाले भक्तपुरका मतदाताले गर्नुभएको विश्वासलाई एउटा जिम्मेवारीका रूपमा लिएको र सो जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्न प्रतिबद्धतासमेत व्यक्त गरे।

उहाँले निर्वाचनमा परिणामसम्म पुर्‍याउन विभिन्न तह र जिम्मेवारीमा रहेर मेहेनत गर्नुहुने गठबन्धनमा रहेका सबै राजनीतिक दलका टोल, वडा, नगर, प्रदेश, क्षेत्र र जिल्ला समिति, भातृ तथा शुभेच्छुक सङ्घसंस्थाका पदाधिकारी एवं सदस्य, आम जनसमुदाय, शुभेच्छुक तथा समर्थक र बुद्धिजीवी, मजदुर किसान वर्गको योगदानको उच्च कदर गर्दै आभारसमेत व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.