घण्टीलाई पछि पार्दै झापा-४ मा एमालेका एलपी साँवा विजयी
झापा । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन्। साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।
यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment