पाँच नेता जो २०९ मतभन्दा कमले पराजित भए

डिसी नेपाल
८ मंसिर २०७९ १४:२५
712
Shares

काठमाडौँ। धेरै मतले हारजीत हुनुलाई स्वाभाविक नै लिन सकिएला। तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए। रोचक त के भने, यी सबै विजयी उम्मेदवार फरक फरक प्रदेशका हुन्।

लुम्बिनी प्रदेश

एमाले महासचिव शंकर पोखरेल जम्मा ११७ मतले मात्रै पराजित भए। दाङ-२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ‘हेभिवेट’ उम्मेदवार पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग जम्मा ११७ मतले पराजित भएका हुन्।

शर्माले २६ हजार आठ सय ७७ मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी हुँदा पोखरेल २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भए । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले दाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेका थिए। तर, उनै पोखरेललाई दाङवासीले पत्याइदिएनन्।

बाग्मती प्रदेश

काठमाडौं १ मा रवीन्द्र मिश्रको अवस्था पनि त्यस्तै भयो। नेपाली कांग्रेसका प्रकाशमान सिंहले राप्रपाबाट उम्मेदवारी दिएका मिश्रलाई जम्मा १३२ मतले पराजित गरे। भावी प्रधानमन्त्रीको रूपमा आफ्नो दावी प्रस्तुत गरिरहेका सिंहले यसअघि पनि मिश्रलाई एक हजारभन्दा कम मतान्तरले पराजित गरेका थिए। सिंहले ७१ सय ४३ मत प्राप्त गर्दा  मिश्रले ७०११ मत प्राप्त गरे।

प्रदेश १ 

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई झिनो मतान्तरले विजयी भए। उनले जम्मा २०८ मतले मात्रै आफ्ना प्रतिद्वन्द्वीलाई संघीय संसद् आउने बाटो रोकेका थिए। भट्टराईले २१९४३ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१७३५ मत मात्र ल्याए।

मधेस प्रदेश

एमालेका राजकुमार गुप्ता पनि झिनो मतान्तरले मात्रै विजयी भएका छन्। गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १५१ मतले मात्र पराजित गरे । गुप्ताले २४२६० मत प्राप्त गर्दा चौधरीले २४०१९ मत ल्याए।

कर्णाली प्रदेश

दैलेख २ मा नेपाली कांग्रेसका उम्मेदवारले एमालेका उम्मेदवारलाई जम्मा एक सय ३५ मतले हराए । कांग्रेसका दिक्पालकुमार शाहीले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई एक सय ३५ मतले मात्रै पराजित गरेका हुन्। शाहीले २०१५८ मत ल्याउँदा  निकट प्रतिस्पर्धी पोखरेल २०००५ मतमा सीमित भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.