समानुपातिकमा कुन दलको कति मत ?
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ८३ हजार आठ सय ९ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख ५४ हजार २३५ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या दुई लाख ९३ हजार ६७४ रहेको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र)को दुई लाख ६६ हजार ९५५, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५९ हजार ८९८, जनता समाजवादी पार्टी नेपालको ७२ हजार४३२, नेपाल मजदुर किसान पार्टीको ५१ हजार ३६९, जनमत पार्टीको ४८ हजार ४०, नागरिक उन्मुक्ति पार्टीको ३८ हजार ९७०, नेकपा (एकीकृत समाजवादी)को ३७ हजार ४२१, लोकतान्त्रिक समाजवादी नेपालको ३२ हजार आठ सय ५८, हाम्रो नेपाली पार्टीको २२ हजार २६३ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment