सप्तरी–१ मा जसपाका नवलकिशोर साह विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १८:५०

सप्तरी । सप्तरी–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका नवलकिशोर साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरुप, सप्तरीका अनुसार साहले २३ हजार पाँच सय ६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *