सर्लाही–४ बाट कांग्रेसका बागी अमरेश सिंह विजयी
सर्लाही । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेश सिंह विजयी भएका छन् । उनले २० हजार १७ मत प्राप्त गरे ।
सिंहका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् । एक हजार सात सय ६४ मतान्तरले सिंह विजयी भएका हुन् । कांग्रेसले उम्मेदवार नबनाएपछि सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यस्तै स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६ सय २२ मत प्राप्त गरेका छन् । कुल ५१ वडा रहेको सर्लाही क्षेत्र नम्बर ४ मा एक लाख १२ हजार चार सय ९४ मतदाता रहेका थिए । यहाँ ७२ हजार ८ सय ८२ जना ९६४।७९ प्रतिशत०ले मतदान गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment