कुशवाहाको अग्रता उल्टाउदै बारा-२ मा जसपाका यादव निर्वाचित
The General Secretary of Federal Socialist Forum Nepal Ram Sahaya Yadav speaks at an interaction programme in Kathmandu, on Monday, October 9, 2017. Courtesy: Reporters Club
बारा। बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित भएका छन्। यादव ३५४ मतान्तरले निर्वाचित भएका हुन्।
यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरे। यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यसअघि ०७४ को निर्वाचनमा पनि यादव संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित भएका थिए। पूर्ववनमन्त्री रहेका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउदै जित हात पारेका हुन्।
यादवले जितसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा एमाले, एकमा जसपा र एकमा एकीकृत समाजवादी विजयी भएको छ।







डिसी नेपाल








Facebook Comment