विश्वकप फुटबल : क्रोएसियाद्वारा क्यानडा पराजित

डिसी नेपाल
१२ मंसिर २०७९ ६:४६
312
Shares

काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो। क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे।

यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए। खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो। खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिएतर, खेलको ३६ आैं मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए। खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३-१ को अग्रता दिलाए।

त्यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *