सिवाईसी नेपाल लघुवित्तको ३१.५८ प्रतिशत लाभांश दिँदै, बोनस सेयर र नगद कति ?
काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। यसका साथै बोनसमा लाग्ने कर तिर्नको लागि १.५८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।
संस्थाले हाल कायम चुक्तापुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड ६४ लाख ९२ हजार ५५१.११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशतले हुन आउने १९ लाख २० हजार ६६०.५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment