चार कम्पनीको सेयरमा मूल्य समायोजना, कुन कम्पनीको कति ?

डिसी नेपाल
८ पुष २०७९ १२:०९
68
Shares

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चार कम्पनीको सेयरमा मूल्य समायोजना भएको छ। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी,नेपाल इन्स्योरेन्स कम्पनी, गरिमा विकास बैंक र सोल्टी होटलको सेयरमा मूल्य समायोजना भएको हो।

प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ५ सय ३ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ५ सय ६९ रुपैयाँमा भएको थियो।

नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८७ रुपैयाँ ९६ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४ सय १९ रुपैयाँमा भएको थियो।

गरिमा विकास बैंकको १३ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ३० रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ। यस अघि नेप्सेमा बैंकको अन्तिम सेयर कारोबार ३ सय ७४ रुपैयाँमा भएको थियो।

सोल्टी होटलको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय १५ रुपैयाँ २४ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ। यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार २ सय २६ रुपैयाँमा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.