बुटवल पावर कम्पनीको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। यस कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/०७९को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागी १२.५० लाभांश वितरण गर्ने भएको छ।
समितिको बैंठकले ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश कर सहित लगानीकर्ताहरुलाइ उक्त बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको वार्षिक साधारण सभामा प्रस्तावहरु पेस गर्ने निर्णय गरेको छ। सभा, कार्की ब्याङ्क्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment