उदयमान सहकारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । उदयमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजन साहको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथिका रुपमा महालक्ष्मी नगरपालिका १ का वडा अध्यक्ष छिरिङ लामाको उपस्थिती रहेको थियो।
सभामा सहकारी सञ्चालक समिति सदस्य अनिल गुप्ताले स्वागत मन्तव्य व्यक्त गर्दै बहुउद्देश्यीय सहकारीको सुरूवात हुनुको उद्देश्यका बारेमा बताएका थिए। संस्थाका सीईओ जिवन कार्कीले आर्थिक बर्ष २०७८\७९ को आर्थिक तथा व्यवसायिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साथै कार्कीले आगामी आर्थिक बर्षमा सहकारीको सम्पूर्ण कारोबारलाई डिजिटलाइज गर्ने, लगानीलाई उत्पादनशील तथा बजारीकरणको क्षेत्रको पहिचान गरी काम गर्ने, उद्धमशील बिकासका लागि काम गर्ने र बिभिन्न क्षेत्रमा कार्यरत व्यक्ति, संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्ने जस्ता योजनाहरु रहेको बताएका थिए।
त्यसै अर्का सञ्चालक समिति सदस्य सञ्जय रिमालले सहकार्य गर्नुको उद्देश्य तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सामुहिक लगानीका अवधारणा उद्धमशीलता गरेर उत्पादनमुलक गतिविधि गर्न सके उद्धमशील समाज निर्माण हुनुका साथै देशको अर्थतन्त्रलाई टेवा पुग्ने प्रस्ट्याएका थिए।
प्रमुख अतिथि लामाले सहकारीको उद्देश्य र स्थानीय सरकारको भुमिका र जनतासँग सदैव स्थानीय सरकार हातेमालो गरेर अघि बढ्ने बताए।
अध्यक्ष शाहले उदयमान बहुउद्देश्यीय सहकारी संस्था सदैव सदस्यहरूप्रति बफादार रहेर सेवा दिँदै आएको र भविष्यमा पनि सो कायमै रहने तथा आवश्यकता अनुसार थप सेवा विस्तार गर्ने जानकारीका साथै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।









डिसी नेपाल







Facebook Comment